मंसिरमै चुनाव गर्ने सहमति

मंसिरमै चुनाव गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही सहमतिको आधारमा आयोगले सरकारसंग परामर्श गरेर चा“डै नै निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो ।

आयोगसंग परामर्श गरेर सरकारको निर्वाचनको मिति तोक्ने कानूनी प्रावधान रहेको छ ।सो बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दल सहभागी थिए । आयोगको विवरणअनुसार अहिले ५० ठाउ“मा उपनिर्वाचन गराउन पर्नेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ। कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउ“ खाली भएको छ।

यस्तै बाग्लुङ २ ‘ख’ बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ‘ख’ बाट निर्वचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली छ । याे खबर नेपाल समाचारपत्रमा छ ।