मणिपुर–भारतीय राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ।
जिरिवाम जिल्लामा आज बिहान भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको हो।
इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा भीडले आक्रमण गरेको छ। सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो।
संदिग्ध पहाडी लडाकुहरूले घरमा घुसेर सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन्। कुलेन्द्र सिंह नामका व्यक्ति मारिएका हुन्।
वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो। जसमा ४ जनाको मृत्यु भएको छ।
बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको खबर छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
हिजो मात्र पूर्वमुख्यमन्त्रीको घरमा आक्रमण भएको थियो । मणिपुरको उपत्यका सहर मोइराङमा कुकी विद्रोहीको रकेट आक्रमणमा १ जनाको मृत्यु भएको थियो ।
मणिपुरका प्रथम मुख्यमन्त्री माइरेम्बम कोइरेङ सिंहको मोइराङ सहरको इन्डियन नेशनल आर्मी (आईएनए) संग्रहालयबाट १०० मिटर टाढा रहेको घरमा रकेट प्रहार भएको थियो ।
मणिपुरमा शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।
जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।
प्रतिक्रिया