काठमाण्डु– भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ भने करिब ६०० जना बिरामी परेका छन् ।
चन्देल जिल्लाको चकपिकारोङ क्षेत्रमा भएको घटनापछि बिरामीहरूलाई विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । घटनाको कारण पत्ता लगाउन मणिपुर सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ ।
शंकास्पद मदिराको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ भने स्वास्थ्य विभागले अस्पतालहरूलाई सतर्क रहन र बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन निर्देशन दिएको छ ।



प्रतिक्रिया