सरकारलाई प्रश्न गर्दै रास्वपा सांसद् झाले भने-यस्तो बचपना देखाएर राजकाज चल्छ ?

सरकारलाई प्रश्न गर्दै रास्वपा सांसद् झाले भने-यस्तो बचपना देखाएर राजकाज चल्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले मिडिया गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले यस घटनामा जो संलग्न भएपनि अनुसन्धान र कारबाही हुनुपर्ने माग गरेका छन् ।

‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन’, उनले लेखेका छन् ।

सांसद झाले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन्–‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

काठमाण्डुका कान्तिपुर पब्लिकेसन, अनलाइन खबर, हिमालय टेलिभिजनलगायतका मिडिया हाउस र नेपाली कांग्रेसका सभापति गगन थापाका निवास अगाडि अज्ञात व्यक्तिले शंकास्पद रूपमा गाडी बेवारिसे छाडेका थिए।

सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाब दिने वा आतंकित पार्ने उद्देश्यले यसो गरिएको भन्दै विरोध पनि भएको छ । प्रहरीले क्रेनको सहायताले ती गाडी हटाएर अनुसन्धान अघि बढाएको छ।