अभिनेत्री मनीषाद्वारा ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री सहयोग


काठमाण्डु – अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेका बेला अभिनेत्री कोइरालाले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान प्रदान गरेकी हुन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै कलाकारहरुले पनि विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरिरहेका छन् । उनीहरुले अक्सिजन, अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्रीहरु विभिन्न अस्पतालहरुलाई प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement