बालकृष्ण खाण पक्राउ परेको १२ दिनपछि प्रहरी कार्यालय पुगिन् मञ्जु


काठमाण्डु- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाणले भेट गरेकी छन् ।

टेकुस्थित प्रहरी कार्यालय पुगेर मञ्जुले आफ्ना श्रीमान् बालकृष्णलाई भेटेकी हुन् । नक्कली शरणार्थी प्रकरणमा बैशाख २७ गते खाण पक्राउ परेका थिए । खाण पक्राउ परेपछि सोमबार मञ्जु पहिलोपटक उनलाई भेट्न पुगेकी हुन्।

खाणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ। यसअघि आफुमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु नगएको बताइन्छ । तर, अनुसन्धान अन्तिम चरणमा पुगेको र आफुविरुद्ध तत्काल सोधपुछ नहुने पक्का भएपछि उनी भेट्न गएको हुनसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement