कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त


काठमाण्डु – हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

गजुरेल कोरोना संक्रमण पुष्टि भएपछि ११ दिनदेखि नेपाल एपिएफ अस्पतालमा उपचाररत थिए । उनले आफू संक्रमण मुक्त भएकाले सबै शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।

‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement