मनोज पुन र सोम आले प्रहरी इन्काउन्टरमा मारिए


काठमाडौं– गुण्डा नाईकेहरु मनोज पुन र सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले प्रहरीसंगको मुठभेटमा गुण्डानाईके पुन र उनका सहयोगी आलेको मृत्यु भएको बताए । रुपन्देहीको देवदहमा बुधवार बिहान प्रहरीसंगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।

बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ । उनिहरुको साथबाट एउटा पेस्तोल बरामद भएको छ ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको सर्वाधिक खोजीमा रहेका पुन लामो समयदेखी भारतको गोवामा बस्दै आएका थिए । पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको प्रहरीको दाबी थियो ।

‘प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोकोको बिशेष सुचनाको आधारमा देवदह–४ भवानीपुरमा हामीले सर्च अपरेशन चलाएका थियौं, मोटरसाइकलमा सवार दुईजनासंग मुठभेट भएपछि उनिहरुलाई अस्पतालले मृत घोषणा गरिसकेको छ ।’ एसपी ज्ञवालीले भने ।

प्रहरीले उनको खोजीको लागी रामेछापका डिएसपी कुमुद ढुंगेललाई रुपन्देही पठाएको थियो भने इन्सपेक्टर दिपेन्द्र अधिकारी र सई रमेश बंजगांईलाई भारतको गोवा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement