भारतमा मे २२ देखि मे ३० सम्ममा मनसुन आउने

भारतमा मे २२ देखि मे ३० सम्ममा मनसुन आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय मौसम विज्ञान विभाग आईएमडीले यसवर्ष मनसुन मे २२ देखि मे ३० सम्म कुनै पनि समयमा मनसुन आउन सक्ने जनाएको छ । विभागका अनुसार मे २६ सम्ममा मनसुन केरलामा आइपुग्न सक्ने बताएको छ ।

सामान्यतया, मनसुन जुन १ को आसपास केरलामा आइपुग्छ । तर, यस पटक यो लगभग ६ दिन अगाडि आइपुग्ने सम्भावना रहेको जनाएको छ ।

प्रशान्त महासागरमा एल निनोको अवस्था देखा परेका कारण मनसुनको गति कमजोर हुन सक्ने र कम वर्षा हुने मौसमविद्हरूले बताएका छन् ।

स्काइमेट वेदरका अनुसार यस वर्षको मनसुनी वर्षा सामान्यभन्दा ६ प्रतिशत कम हुन सक्छ । जुनदेखि सेप्टेम्बरसम्मको चार मनसुनी महिनाहरूमा देशको औसत वर्षा ८६८.६ मिलिमिटर छ । अपेक्षित वर्षाको ९४ प्रतिशत हुने पूर्वानुमान छ ।