मन्त्री अधिकारीको शव पोखरा लगियो, श्रद्धाञ्जली दिन हजारौँ भेला

मन्त्री अधिकारीको शव पोखरा लगियो, श्रद्धाञ्जली दिन हजारौँ भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा ठूलो संख्यामा नागरिक भेला भएका छन् । मन्त्री अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा लगिएको छ ।

पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा नागरिक भेला भएका हुन् । श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ । मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको हाे । पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ । अन्तिम संस्कारमा सहभागी हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने बताइएको छ ।

विहान ८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई पोखरा लगिएको हो। त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने उनको घरमा दुई दिन सम्म राखिने र पर्सि  (अाइतबार)टेकुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। अन्य ५ जनाको शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।