न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुन्छ:मन्त्री बाँस्कोटा

न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुन्छ:मन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य गर्नै नसकिने बताएका छन् ।  सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगकोअन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी समेत दिए।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाको आपत्ति छ।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए। उनले सञ्चार माध्यमहरूको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको पनि बताए।