सरकार फेरिएपछि जागिर छोडेर घर जाने हो, यो विषयमा ३ दलले किचकिच नगर : गोकुल बास्कोटा

सरकार फेरिएपछि जागिर छोडेर घर जाने हो, यो विषयमा ३ दलले किचकिच नगर : गोकुल बास्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति पाएका कर्मचारी प्रति कडा टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई सरकार फेरिए पछि जागिर छाडेर घर जानुपर्ने बताएका हुन् ।

उनले यस विषयमा आफ्नो पार्टी एमालेसहित नेपाली कांग्रेस र नेकपा एमालेलाई किचकिच नगर्न आग्रह गर्दै आन्दोलन नगर्न र अदालत नधाउन सुझाव दिएका छन्।

उनले लेखेका छन् ‘पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ,बट, धर्ना,जुलस,आन्दोलन,अदालत धाउने होईन,खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो।एमाले,काँग्रेस,नेकपाले किचकिच नगर है,यो बिषयमा।यसले ब्यक्ति हिताय र समाज रिसाय हुन्छ।’