मन्त्री पोखरेलले दिए फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो


काठमाडौं – युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्याण्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्याण्डमा भेटवार्ता भएको छ ।

मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरे । यो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए ।

यो अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्टिएन, मन्त्रालयका उपसचिव धु्रवराज रेग्मी, तामाङ सोसाइटीका अध्यक्ष टासी तामाङलगायत सहभागी थिए । मन्त्री पोखरेल फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४०औँ महासभा बैठकमा भाग लिई फिनल्याण्ड भ्रमणमा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement