आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक : मन्त्री कार्की


इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने छ भने ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

विसं २०७४ को निर्वाचनमा आफूले जनतासमक्ष गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरेको उहाँले दाबी समेत गरे । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माणलाई प्राथमिकता दिने उनले बताए।

बाढी र डुबानको समस्या, सिँचाइ, सुकुम्बासी समस्या, कोसीटप्पु वन्यजन्तु आरक्षको समस्यालाई सदाका लागि अन्त्य हुनेगरी काम गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे

प्रतिक्रिया दिनुहोस
Advertisement