नरेश भण्डारी गृहमा, सामाजिक मन्त्रालयको जिम्मा केसीलाई


सुर्खेत– माओवादी केन्द्रले ६ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा विमला केसीलाई पठाउने निर्णय गरेको छ ।

एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा सहमती भएपछि माओवादीले मन्त्रीको टुंगो लगाएको हो । एमालेले आर्थिक मामिलासहित भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।
एमालेमा मन्त्रीमा कस्लाई पठाउने भन्नेमा विवाद हुंदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त भएको चार दिन वितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार हुन् सकेको छैन ।

माओवादीबाट गृहमन्त्रालयको जिम्मा पाएका भण्डारी मुख्यमन्त्रीका दाबेदार समेत थिए । उनि जुम्लाबाट निर्वाचित सांसद हुन् भने केसी रुकुमबाट प्रदेशसभामा निर्वाचित सांसद हुन । एमालेबाट प्रकाश ज्वाला,दल रावल, नन्दसिंह वुढा र खड्क खत्रीको मन्त्री बन्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement