उर्जामन्त्री पुन रसुवामा : निर्माण कार्य व्यवस्थित ढंगले अघि बढाउन निर्देशन


काठमाडौं – उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण  गरेका छन् ।

जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन हिजोदेखि नै रसुवामा छन् । मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरे । आजै उनले साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने कार्यक्रम छ ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तिब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन दिए । सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नगर्न भन्दै उनले परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिएका हुन् ।

यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उनले निरीक्षण गरेका छन्  । निरीक्षणका क्रममा मन्त्री पुनले गढीलाई थप व्यवस्थित बनाउँदै संरक्षणको आवश्यकता रहेको  बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement