नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनियताको सपथ


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।नवनियुक्त मन्त्रीहरुको शपथसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी खेमाका नेतालाई मन्त्री बनाएका हुन् । ओलीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

प्रधानमन्त्री ओलीको २५ सदस्यीय मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement