राजनीतिक उपलब्धि रक्षाका लागि गठबन्धनलाई मतदान : मन्त्री श्रेष्ठ


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाण्डु उपत्यका प्रदेश समितिद्धारा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीच भएको गठबन्धन ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि सरकार निर्माणमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताए ।

आसन्न चुनावमा जनसहभागिता बढाउन सञ्चार क्षेत्रको निष्पक्षतामा उनले जोड दिए । मन्त्री श्रेष्ठले अद्यावधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै त्यसका लागि यथार्थपरक सूचनाले जनसहभागिता वृद्धि गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement