प्रदेश १ का वनमन्त्री थापाको निधन


काठमाण्डु –  प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

मोरङ क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका उनको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो।  केही दिनअघि डेंगीबाट स‌ंक्रमित भएका मन्त्री थापालाई पछि निमोनियासमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement