राजनीति

आफ्नो अङ्ग्रेजी सुनेर खिसी गर्नेहरुलाई मन्त्री यादवले दिए कडा जवाफ

काठमाडौं – उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले लगानी सम्मेलनमा आफूले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचनाको विषयमा यादवले असन्तुष्टि व्यक्त गरेका छन् ।

Dish Home

एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, ‘मैले अंग्रेजीमा इदर र निदर भनेको थिएँ तर मलाई मातृकाले अंग्रेजी बोल्नै जानेन भनेर उडाए । हुन त म अंग्रेजमा जन्मेको मान्छे पनि होइन । खासमा मलाई नेपाली पनि शुद्ध बोल्न आउँदैन । म मधेसमा जन्मेको मान्छे हो । सबैलाई सबै भाषाको ज्ञान हुँदैन ।’

उनले आफूलाई अंगेजी बोल्न नजानेको भन्दै खिसी गर्नेलाई सिकाइदिन आग्रह पनि गरे । मन्त्रीजस्तो मान्छेले बोल्ने अङ्ग्रेजी लज्जास्पद भएको भन्दै विभिन्न कोणबाट आलोचना भएको थियो । त्यही आलोचनाको खण्डन बुधबार एक कार्यक्रममा मन्त्रीले गरेका हुन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top