अर्थमन्त्री पौडेललाई चीन भ्रमणमा जान सरकारले दियो स्वीकृति

अर्थमन्त्री पौडेललाई चीन भ्रमणमा जान सरकारले दियो स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चीन भ्रमणमा जान सरकारले स्वीकृति दिएको छ ।

आउँदो असार १० गतेदेखि १२ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा पौडेललाई सहभागी हुन स्वीकृति दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिए ।

यस्तै बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय