बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक अपराह्न २ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

सरकारले आजै आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा बजेट पेश गर्नेछन् ।