काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्।
यसअघि पाँचौं नम्बरमा रहेका गृहमन्त्री सुधन गुरूङ छैटौं नम्वरमा झरेका छन् भने सातौं वरीयतामा रहेकी कानुन मन्त्री सोविता गौतमलाई तेस्रो नम्वरमा तानिएको छ।
त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचऔं स्थानमा झरेका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा उक्लिएका छन् । भौतिक योजनामन्त्री सुनील लम्साल छैटौंबाट सातौंमा झरेका छन्।
यस्तै ८ नम्वरमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, ९ नम्बरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, १० नम्बरमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, ११ नम्बरमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र १२ नम्बरमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन् ।
त्यस्तै, १३ नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, १४ नम्बरमा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, १५ नम्बरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, १६ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र १७ नम्बरमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव रहेका छन् ।




प्रतिक्रिया