काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्ने छ ।
भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न संकट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन्।
केहिबेर अघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । बैठकमा नेपाली सेनाको तर्फबाट बाढीले पुर्याएको क्षतिको विवरण ब्रिफिङ गरिएको थियो । उक्त बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तयारी छ ।




प्रतिक्रिया