माओवादी केन्द्रको पोलिट्ब्यूरो समितिमा १५६ जना हुने


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) ले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

यसभन्दा अघि प्रचण्डले १२५ सदस्यी पोलिटब्युरो समिति रहने बताउँदै नाम सार्वजनिक गरेका थिए । तर त्यो लिस्टमा धेरै नामहरु छुटेको भन्दै बैठकमा विरोध भएपछि प्रचण्डले ३१ जना बैकल्पिक सदस्य थप्ने बताएका हुन् । जसअनुसार अब १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement