परशुराम नगरपालिकामा पनि घर-घरमा माओवादी पुग्दैँ


टक खाती,काठमाण्डु- संगठन विस्तारका लागि तीन महिने अभियान लिएर माओवादी केन्द्र गाउँ पुग्ने भएकाे छ । बिशेष रुपान्तरण अभियानसहित गाउँगाउँमा संगठन विस्तार गर्नको लागि माओवादी केन्द्र गाउँ पुग्न लागेकाे हो ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार डडेल्धुराको परशुराम नगरपालिकामा माओवादी गाउँ पुगेको छ । वडामा संगठन सुदृढीकरणको काम गर्न माओवादी नेता र कार्यकर्ताहरू घर-घर पुगिरहेका छन् ।

यसैबीच परशुराम नगर कमिटी (डडेल्धुरा) ले औपचारिक तथा विधिवत् रुपमा पालिकास्तरिय उद्घाटन समारोह आयोजना गरि शनिवार कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा वडामा संगठन सुदृढीकरण कसरी अगाडी बढाउने भन्नेबारे छलफल भएको माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डायमन्डले बताएका छन् ।

१२ ओटै वडामा अभियान सञ्चालनका लागि पालिकास्तरीय छलफल गरिएको उनको भनाइ छ । ‘हामीले विगतमा उठाएका एजेण्डाहरुलाई कसरी कार्यान्वयनमा ल्याउने, जनताका मागलाई कसरी सम्बोधन गर्ने र माओवादीलाई अझै संगठित कसरी बनाउने भनेर अभियान अन्तर्गत काम गर्ने भएका छौँ । घर घरमा पुगेर जनतालाई सरकारले अगाडि बढाएको शुसासनको बारेपनि जानकारी दिने छौँ’, डायमन्डले भने ।

त्यस्तै उनले अभियान अन्तर्गत परशुराम नगरपालिकाका १२ ओटै वडामा इञ्चार्जहरु खटाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement