माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार झक्कु सुवेदीलाई बनाउदैँ


काठमाण्डु- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आज साँझ पाँच बजे बस्ने गरि बैठक बोलाइएको हो । उक्त बैठकले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार तय गर्नेछ ।

राष्ट्रियसभाको अध्यक्षमा झक्कु सुवेदीलाई उठाउने माओवादीको तयारी छ । आज बस्ने पदाधिकारी बैठकले सुवेदीलाई राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार बनाउने स्रतोले बताएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीको भागमा परेको छ ।

यता नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई चुनेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement