२१ जेठदेखि माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरू गर्ने

२१ जेठदेखि माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरू गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामाण्डु – माओवादी केन्द्रले रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान फेरि सुरु गर्दैछ । जेठ २१ गतेपछि अभियान पुनः सुरू गर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रको शुक्रबार बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ देखि निरन्तरता दिने निर्णय गरेको हो।

पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले बताए ।

‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन तहमा जिम्मेवारी दिएको त्यहिअनुसार समायोजन गर्ने निर्णय भएको छ’, उनले भने ।

अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ । यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो । यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ ।