गण्डकीमा आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्छ : नेता पाण्डे

गण्डकीमा आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्छ : नेता पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले गण्डकीमा आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग राखेको छ ।

काठमाण्डुमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका माओवादी नेता हितराज पाण्डेले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग राखेका हुन् ।

नेता पाण्डले जनयुद्धको भूमिकाबारे जोड नपुगेको भन्दै वाम एकता र संयुक्त मोर्चाबारे स्पष्ट रुपमा धारणा आउनुपर्ने बताए । ‘जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो’, उनले भने ।

साथै उनले नयाँलाई केन्द्रीय सदस्यमा ठाउँ दिइनुपर्ने बताए । बैठकमा पार्टी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डको दस्तावेजमाथि समूहगत छलफल भएको थियो ।