माओवादी केन्द्र तत्काल सरकारमा नजाने


काठमाडौं – माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन् । ओलीले प्रधानमन्त्री पदका लागि सपथ लिए लगत्तै माओवादीका मन्त्रिसहित सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपनि माओवादी तत्काल सरकारमा नजाने तयारीमा जुटेको हो ।

वैचारीक मतभेद र इतिहासको मुल्यांकन गर्ने सवालमा एमाले सहमत नभएको माओवादी नेताहरुले आरोप लगाएका छन् । गएराती अबेर पार्टी एकताका आधारभूत विषय टुंग्याएर घोषणा गर्ने भनिएपनि तत्कालिन कार्यदिशाका विषयमा दुई पार्टीबीचमा मतभेद देखिएको हो । माओवादी नेताहरुले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने तर, सरकारमा सहभागी नहुने स्पष्ट सन्देश दिएका छन् ।

स्रोतकाअनुसार एमालेले तत्काल जबज स्विकार गर्न माओवादी नेताहरुलाई दबाव दिएका छन् । तर, माओवादीले भनेको माओवाद र जनयुद्धलाई आत्मसाथ गर्न भने एमाले नेताहरु असहमत देखिएका छन् । माओवादी केन्द्रका नेता देव गुरुङले गठवन्धनको साझेदारको हैसियतमा माओवादी सरकारमा सहभागि नहुने प्रष्ट पारे । उनले गठवन्धन रहेसम्म मात्र सरकारलाई समर्थन गर्ने समेत स्पष्ट पारेका छन् ।

दुवै पार्टीबीच असहमती देखिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम वार्ता गर्ने माओवादीले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्ड हेलिकोप्टरमा पुर्वी नेपाल पुगेका छन् । प्रचण्ड फर्केपछि बस्ने बैठकपछि पार्टी एकता र सरकारको टुंगो लाग्ने माओवादी नेताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement