माओवादीले फागुन १–३ गतेसम्म विधान सम्मेलन गर्ने


काठमाण्डु – नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन १–३ गतेसम्म हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले माओवादीले युद्ध सुरु गरेकै दिन राजधानीमा विधान सम्मेलन सुरु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

पार्टी एकताको वातावरण बनाउने निर्णय पनि बैठकले गरेको छ । पार्टी एकताको संयोजन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने र नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीसँग छलफल अघि बढाउने निर्णय भएको उनले बताए ।

बैठकमा ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण ४ महिने अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement