माओवादी केन्द्रका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, कुन प्रदेशमा को ?

माओवादी केन्द्रका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, कुन प्रदेशमा को ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ ।

पदाधिकारी बैठकबाट कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।

विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज भुसाल पम्फा रहेकी थिइन् ।