काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै नेपाली कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू ‘गोप्य’ छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी भए पनि कांग्रेसप्रति नरम देखिँदै आएको माओवादीसँग कांग्रेसका दोस्रो तहका नेताहरूको छलफल सु? भएको हो ।
संसद् भवनको शंकर हलमा बिहीबार भएको गोप्य छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी भएका छन् भने माओवादीको तर्फबाट उपमहासचिव वर्षमान पुन र शक्तिबहादुर बस्नेत सहभागी भएका हुन् । गोप्य वार्तामा जुटेका नेताहरू पार्टीभित्र सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।
माओवादीले कांग्रेस वि?द्धको अडान छाडेको र संसद्मा अन्य प्रतिपक्षी दलहरूको अवरोध जारी रहेको बेला भइरहेको गोप्य वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया