माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले जवाफ दिने


काठमाण्डु – दुई दिनदेखी स्थगित माओवादी केन्द्रिय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ । आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने भएकाे हाे ।

प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पूर्ववत कार्यतालिका रहेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली प्रस्तुत गर्ने बताए ।

त्यसका लागि दुई दिनदेखी गृहकार्य गरेका प्रचण्डले तेस्रो पूर्ण बैठकवाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement