माओवादीबाट थपिएका पाँच मन्त्रीः सैनिक बन्दीदेखि जनयुद्धका सैन्यकमाण्डरसम्म


काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारमा माओवादी केन्द्रले ७ मन्त्रीसहित एक राज्यमन्त्री पाएको छ।

माओवादीबाट यसअघि दुई मन्त्री सरकारमा सहभागी भइसकेका छन्। माओवादीबाट शुक्रबार पाँच मन्त्रीसति एक राज्यमन्त्री थपिएका छन्।

उर्जा मन्त्रालयको जिम्मेवारी वर्षमानको काँधमा
गृहमन्त्रीसहित सरकारको नेतृत्वको दावि गरेका माओवादी नेता वर्षमान पुन अन्ततले उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन्।

२०६४ को संविधानसभा निर्वाचनमा ललितपुरबाट विजयी अनन्त २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट विजयी बने। उनी झलनाथ खनाल नेतृत्वको सरकारमा २०६३ माघ २३ मा दुई महिना शान्ति तथा पुनःनिर्माणमन्त्री बनेका थिए।

२०६८ भदौ १२ मा बनेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए। तर, उनले पूर्ण बजेट ल्याउन पाएका थिएनन्। अनन्त ५ वर्ष यता मन्त्री बनेका छैनन्। जनयुद्धकालमा उनले संकटपूर्ण अवस्थामा उपत्यका, पूर्वी क्षेत्रमा नेतृत्व गर्दै माओवादी आन्दोलन विस्तार गरेका थिए। उनी प्रचण्डको हरेक अप्ठ्यारोमा काँध थापेका क्षमतावान नेता हुन् र प्रचण्डको मुख्य विश्वास पात्र हुन्।

अर्थमन्त्री रहेको बेला अनन्तले सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीबाट ल्याउने कोशिस गरेका थिए। नेपालले वैदेशिक ऋण विश्व बैंक र एशियाली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, यूरोपियन यूनियन, जापान, कुबेती फण्ड, साउदी फण्डलगायतका नयाँ माध्याम, नयाँ ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरेको जस उनलाई नै जान्छ।

उनले २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गरे। काठमाडौंको सडक विस्तारका लागि चार अर्ब बजेट अभाव हुँदा अनन्तले त्यो बजेटको व्यवस्था गरे र काठमाडौंको सडक चौडा भयो।

‘आज यो फराकिलो सडकमा हिंड्दा मलाई खुशी लाग्छ’, सडक विस्तारका लागि बजेट व्यवस्था गरेका अनन्तले भन्ने गरेका छन्। अर्थक्षेत्रको कुनै अनुभव नभएपनि मन्त्रालयको जिम्मेवारी भने उनले कुशलतापुर्वक पुरा गरेको अर्थविज्ञहरु नै बताउने गर्छन्।

शक्तिबहादुर बस्नेतको तेस्रो पटक सिंहदरबार यात्रा 
माओवादी नेता बस्नेत दुईपटक मन्त्री र दुईपटक सांसद बनिसकेका छन्। उनले वन तथा वातावरण मन्त्रालय सम्हालेका छन्। माओवादी नेता बस्नेतले जनयुद्धकै बेला भेरी कर्णाली, सेती महाकाली, थारुवान जस्ता स्वयात्तईलाकाहरुको कुशलता पुर्बक नेतृत्वको भूमिका निर्वाह गरेका थिए।

२०६१-६२ को डाढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपालको पश्चिम डिभिजन कमिसार भएर गण्डक क्षेत्र लगायतका स्वतः ईलाकाहरुको अभियानमा सहभागी रणनैतिक प्रत्याक्रमणको प्रत्यक्ष नेतृत्व समाम्हालेका थिए।

२०६८ सालमा संविधान सभाको सदस्य नभए पनि छोटै अबधी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई स्थापित गर्दै देशै भरी “एकिकृत स्वाथ्य सेवाको“ अभियान सचालनमा ल्याएका थिए। भारतले गरेको अघोषित नाकाबन्दीले देशको विषम् परिस्थितिमा गृहमन्त्री भएर देश र जनताको शान्ती सुरक्षालाई पुण रुपमा खरो रुपमा उतार्न सफल गृहमन्त्री हाँक्न बस्नेतलाई सजिलो थिएन। बस्नेतले गृहमन्त्रीको रुपमा देशको समग्र सुरक्षा प्रशासनलाई नितिगत सुधार गर्न अहोरात्र खटेका थिए।

बिकराल भारतिय नाकाबन्दी र मधेश आन्दोलनको सहज ब्यवस्थापन गर्न सफल भएको भन्दै बस्नेतको प्रशंसा समेत भएको थियो। उनी २०६५ मा प्रचण्ड प्रधानमन्त्री बन्दा उनको प्रमुख स्वकीय सचिव समेत बनेका थिए।

गिरिराजमणी पोखरेल पाँचौं पटक मन्त्री
अघिल्लो दुई सरकारमा लगातार मन्त्री भएका पोखरेल पनि हेट्रिक हान्न सफल भएका छन्। उनि यसपटक शिक्षा मन्त्री बनेसंगै माओवादीमा पाँच पटक मन्त्री बन्ने मौका पाएका छन्। उनी भाग्यमानी माओवादी नेता हुन्। नारायणकाजी समुहबाट माओवादीमा प्रवेश गरेका नेता पोखरेल चारपटक सांसद र पाँचपटक मन्त्री बने।

२०६३ को गिरिजाप्रसाद नेतृत्वको सरकार, २०६५ को प्रचण्ड नेतृत्वको सरकार र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल २०७२ को केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए।

उनी एकपटक प्रमुख सचेतक समेत भइसकेका छन्। पोखरेल महोत्तरीबाट प्रत्यक्षमा निर्वाचित सांसद समेत हुन्।

बिना मगरको मन्त्रीमा इन्ट्री
माओवादी केन्द्रकी नेतृ विना मगर खानेपानी मन्त्री बनेकी छन्। कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्। बिनाका श्रीमान् प्रकाश दाहालको चुनावको मुखैमा हृदयघातका कारण निधन भएको थियो।

२०४० सालको मंसिरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्मिएकी विना ०५१ सालमा बाल जनकलाकार संगठनबाट माओवादी पार्टीमा आवद्ध भएकी थिइन्। उनी माओवादीको सशस्त्र युद्धमा लडाकु बनेकी थिइन्। काठमाडौंमा क्याम्पस पढ्दा पढ्दै माओवादीको सशस्त्र युद्धमा लागेकी बिना मगर विभिन्न आक्रमणमा सहभागी पनि भइन्। भैरवनाथ गणमा तत्कालीन शाही नेपाली सेनाको चर्को यातना भोग्नु परेको थियो ।

चक्रपाणीकाे सिंहदरबार यात्रा

माओवादी नेता चक्रपाणी खनाल कृषिमन्त्री बनेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री उनी राजनीतिक सल्लाहकार थिए। उनी माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन्। पहिलो पटक मन्त्री बनेका खनाल पहिलो पटक नै कपिलवस्तु– १ बाट विजयी भएर सांसद बनेका हुन्।

रहनु भएका खनाल माओवादीको सशस्त्र विद्रोहका बेला बलदेवका नामले डेपुटी कमाण्डर हुनुहुन्थ्यो ।

२०१९ साल वैशाख २० गते जन्मिएका खनालले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी २०३७ मा नेकपा चौथो महाधिवेशनमा सहभागी भए। माओवादी आन्दोलनमा लडाकुका डेपुटी कमाण्डरको समेत जिम्मेवारी सम्हालेका थिए, उनले।

तस्बिरहरु राससबाट।

प्रतिक्रिया दिनुहोस
Advertisement