माओवादीको आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु


एजेन्सी – भारतको झारखण्ड सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीको आक्रमणमा पाँच प्रहरीको निधन भएको छ । आक्रमणबाट दुई सब इन्स्पेक्टर र तीन प्रहरी जवानको निधन भएको हो ।

पश्चिम बंगालसँग जोडिएको तिरुलडीह क्षेत्रमा गाडीमा रहेका झारखण्डका प्रहरीमाथि चमाओवादीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानाएको छ । कुकड साप्ताहिक हाटबाट फर्किएका प्रहरीलाई कुरेर बसेका माओवादीले आक्रमण गरेका हुन् ।

सरायकेला खरसांवा जिल्लामा पछिल्लो एक महिनामा नक्सलवादीले गरेको यो चौथो आक्रमण हो । समूहमा रहेका माओवादीले प्रहरीको गाडीलाइ घेरेर अन्धाधुन्ध गोली चलाएको बताइएको छ । मुख्यमन्त्री रघुवर दासले ट्वीट मार्फत आक्रमणको निन्दा गर्नु गरेका छन् । सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो ।

झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् ।आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement