चिनियाँ नक्साबारे सरकारको जवाफ : कूटनीतिक माध्यमबाट कुरा गर्छौं


काठमाण्डु – चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताइन् ।

उनले भनिन्, ‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट नक्सा जारी गरेका हौं, यो नक्सामा देशकै सर्वसम्मत छ, चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्‍यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’

उनले विभिन्न वादविवाद, संवाद र छलफलबीच संसद्बाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन् । ‘संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन, कार्यान्वयन स्वाभाविक ढंगबाट हुने नै भयो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement