अर्थसचिव मरासिनी फेरी बिदामा बसे, सहसचिव बुढाको निर्देशनमा फुटेज डिलिट भएको आशंका


काठमाण्डु -अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी फेरी बिदामा बसेका छन् । मरासिनीले सन्चो नभएको भन्दै बिदा लिएका हुन् । यसअघि उनि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नआउने भन्दै बिदामा बसेका थिए । तर, शर्माले राजीनामा दिएकै भोलीपल्ट भने उनि मन्त्रालयमा हांजिर भएका थिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीको आलोचना भएको थियो । उनले पछी पदबाट समेत राजीनामा दिनुपरेको थियो । सचिव मरासिनिले भने आफु विदामा नबसेको बताएका छन् । उनले आफु महालेखाको बैठकमा सहभागि भएर कार्यालय आएको जानकारी दिए ।

अर्थमन्त्रालयलाई सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने जवाफ दिएपछी सचिव मरासिनिको आलोचना भएको थियो । यद्यपी यसमा उनले आफ्नो कुनै संलग्नता नभएको बताउंदै आएका छन् ।

सीसीटिभी फुटेज डिलिट गर्ने घटनामा अर्थकै उच्च अधिकारी संलग्न रहेको स्रोत बताउंछ । जाजरकोट घर भएका बुढा अर्थमन्त्री शर्माका विश्वासिला पात्र हुन् । बराललाई हटाएर अर्थको कुनै अनुभव नभएका बुढालाई बजेट महाशाखाको प्रमुख बनाइएको थियो । अर्थका सहसचिव चक्र बुढाले अर्थमन्त्री शर्माको निर्देशनमा यो काम गर्न लगाएको स्रोतको दावी छ । सचिव मरासिनि फुटेज डिलिट गरेको घटनाप्रति अर्थकै कर्मचारीहरुसंग असन्तुष्ट छन् ।

बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा सचिव मरासिनि, राजश्व सचिव कृष्णहरि पुष्कर, सहसचिवहरु चक्र बुढा र भुपाल बराल थिए । त्यसैदिन व्यापारी घराना निकट भनेर चिनिया रघु घिमिरे र अर्का एक भारतिय नागरिक त्यो दिन राति अर्थमन्त्रीको प्रतिनिधि भएर मन्त्रालय प्रवेश गरेका थिए । पछि उक्त समाचार बाहिरिएसंगै बरालमाथि प्रश्न तेस्र्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement