युक्रेनको मारिउपोल बाल अस्पतालमा आक्रमण बालिकासहित तीनको मृत्यु


एजेन्सी – दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।

“युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु भएको” नगर परिषद्ले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement