मारिया सारापोभाले गरिन् फ्रेन्च ओपन नखेल्ने घोषणा


एजेन्सी – मारिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेकी छिन् ।

dish home

प्रतियोगिता फ्रान्सको पेरिसमा १० दिनपछि अर्थात् मे २६ देखि सुरु हुँदैछ । पूर्व च्याम्पियन सारापोभा काँधको समस्याका कारण खेल्न नसक्ने भएकी हुन् । ३२ वर्षे सारापोभाले गत जनवरीदेखि कुनै प्रतियोगिता खेलेकी छैनन् ।

त्यसै बीचमा सारापोभाले सानो शल्यक्रिया समेत गरेकी थिइन् । सन् २०१२ र २०१४ को फ्रेन्च ओपन जितेकी सारापोभा गएको वर्षको संस्करणमा क्वार्टर फाइनलसम्म पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस