सतलोक आश्रममा १० जोडीको दाइजोमुक्त सामूहिक विवाह

सतलोक आश्रममा १० जोडीको दाइजोमुक्त सामूहिक विवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषाधाम – धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा १० जोडीले सामूहिक विवाह गरेका छन् ।

सन्त रामपालको ७४औं अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा १० नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए । शुक्रबारदेखि ३ दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । ३ दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन १० जनाले विवाह र १७० जनाले रक्तदान गरेका र तेस्रो दिन आईतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।