विवाह गर्दै रनवीर सिहं र दीपिका पादुकोण


काठमाडौं– बलिउडका सबैभन्दा चर्चीत प्रेमजोडी दीपिका पादुकोण र रनवीर सिंहले विवाह गर्ने भएका छन् । दिपिकाले सोसल साइट इस्टाग्राममा आफ्नो विवाहको कार्ड राखेकी थिइन्। हिन्दी र अंग्रेजीमा उनले आफ्नो विवाहको निम्तो कार्ड राखेकी हुन्।

विगत चार वर्षदेखि उनीहरु प्रेम सम्बन्ध रहेका थिए । खुलस्त रुपमा अफेयरबारे बाहिर नभनेका उनीहरुले विवाहका बारेमा भने बल्ल बोलेका छन् । उनीहरुले आउने नोभेम्बर १४ र १५ मा विवाह गर्दैछन् ।

बाजीराओ मस्तानी, राम लिला जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेका उनीहरुले अन्तत विवाहको दिन फिक्स गरेका हुन् । मिडिया रिपोर्टका अनुसार उनीहरुले इटालीमा विवाह गर्ने सोच बनाएका छन् । परिवार र अति नै निकट साथीहरुकामाझ इटालीमा रहेको कोमो तालमा उनीहरुले विवाह गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement