काठमाडौंमा प्रहरीको अप्रेशनः सतुंगलबाट ८ लाख थान सर्जिकल मास्क बरामद


काठमाडौं – प्रहरीले सतुंगलबाट करिब ८ लाख ४० हजार थान सर्जिकल मास्क बरामद गरेको छ । करिव ३ रुपैयाँ पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १७५ वटा कार्टुनमा राखिएका मास्क बरामद महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

प्रहरीले कपनबाट अजिम बक्स मियाँ, प्लाष्टिक सप्लायर सञ्जनकुमार रेग्मी, सुरज गोयल, भारतीय नागरिक सुभाष महेश्वरीलाई नियन्त्रणमा लिएको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement