इलाममा फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु


काठमाण्डु- इलाम २ मा मतगणना सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठक पछि फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु भएको हाे । मतगणना सुरू भएकाे फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले काठमाण्डुपाटीलाई बताए ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement