म्याच फिक्सिङमा पूर्व कप्तान सागर थापासहित ६ जनाले पाए सफाई


काठमाडौं – अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । उनीहरुलाई २०७५ जेठ २४ गते विषेश अदालतले सफाइ दिएको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले यस्तो फैसदा गरेको हो । पूर्व कप्तान सागर थापा, पूर्व गोल किपर रितेश थापा र विकाश सिंह क्षेत्री, र उप कप्तान सन्दीप राईले सफाई पाएका हुन् ।

एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले पूर्व कप्तान सहित ६ जनालाई पक्राउ गरेको थियो । २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement