इलाम-२: यी चार उम्मेदवारले गरे मतदान


काठमाण्डु- इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । शनिवार भएको उपनिर्वाचनमा मुख्य दलका उम्मेदवारले मतदान गरेका हुन् ।

मतदान गर्नेमा नेकपा एमालेका नेता सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement