इलाममा पैसा दिएर मतदान केन्द्रभित्रै नक्कली मतदान गराएको पाइएपछि…


काठमाण्डु- इलाम २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ ।

इलाम २ को उपनिर्वाचन अन्तर्गत महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।

मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो ।

जसअनुसार मतदान गरेर फर्किएकाहरूलाई फर्किएकाहरूलाई पुन नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए । त्यसपछि मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement