बझाङको मतगणना १ बजेदेखि शुरु हुने


काठमाण्डु- बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १ (क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदैछ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement