असन्तुष्ट कर्मचारी नै मन्त्री यादवमाथि जाईलागे


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको कार्यकक्षमा तनाव भएको छ । कर्मचारीको विषयलाई लिएर मन्त्री यादव र कर्मचारीबीच तनाव उत्पन्न भएको हो ।

बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका असन्तुष्ट कर्मचारी नै मन्त्री यादवमाथि जाईलाग्न खोजेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो । उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ ।

खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो । यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement