काठमाण्डु– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ का लागि मंगलबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीति अनुमोदनका लागि व्यवस्थापन समितिको बैठक बसेको छ ।
उक्त बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् ।
राष्ट्र बैंकले बजेटमार्फत सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धि तथा मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी आर्थिक नीति ल्याउन लागिएको जनाएको छ ।
नियामक निकायलाई मौद्रिक नीतिमा समावेश नगरी मौद्रिक नीतिको संरचनामा व्यापक परिवर्तन गर्न लागिएको छ ।
गभर्नर डा. विश्व पौडेल बुधबार भुटान भ्रमणमा जाने भएकाले हतारहतार आजै नीति सार्वजनिक गर्न लागिएको हो ।




प्रतिक्रिया